काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी २० ब्याट्सम्यान तर्फको बरियतामा ५० औ बरियतामा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले २३ अप्रिलमा जारी गरेको नयाँ बरियतामा ऐरीले बरियतामा १० स्थान सुधार गर्दै ५० औ नम्बरमा उक्लिएका हुन् । यस अघि उनी ६२ औ स्थानमा थिए ।
यस क्रममा उनले भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई पछि पारेका छन् । शर्मा १ स्थान तल झरेर ५१ औ स्थानमा पुगेका छन् । यो बरियताको पहिलो नम्बरमा भारतका सुर्य कुमार यादव रहेका छन् ।
हाल ऐरी टि २० तर्फको अलराउन्डरतर्फ ११औँ स्थानमा छन् । ऐरीले ओमानमा सम्पन्न एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए। उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।