काठमाडौं । नेपाल र वेस्ट इन्डिज एविरुद्धको दोस्रो टी-२० खेल आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दिउँसो सवा १२ बजे सुरु हुनेछ।
शनिबार पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले हराएको नेपाली टोली लगातार दोस्रो जित हासिल गर्न चाहन्छ। उता पहिलो खेलमा घरेलु टोलीसँग पराजित पाहुना टोली भने पहिलो जित निकाल्दै सिरिज बराबरी गर्न चाहन्छ।
टी-२० विश्वकपको तयारीमा रहेका दुवै टोलीले यो खेललाई महत्त्वपूर्ण रूपमा लिएका छन्। सिरिजको तेस्रो खेल बुधबार र चौथो खेल बिहीबार हुनेछन्।
अन्तिम खेल भने आगामी शनिबार हुनेछ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम
वेस्ट इन्डिज ए टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स