काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आएको छ। शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सकिने छ। दूतावासले यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ।