काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी टी- २० विश्वकप क्रिकेटअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल राति सवा ९ बजे नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदैछ ।
यो नेपालले १० वर्षपछि खेल्न लागेको विश्वकप क्रिकेट हो । आज नेदरल्यान्ड्सँग खेल्न लागेको नेपाल ११ जुनमा श्रीलंकाविरुद्ध मैदानमा उत्रनेछ । त्यस्तै १४ जुनमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने १६ जुनमा बंगलादेशविरुद्ध मैदानमा उत्रनेछ ।
आजको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै सुपर ८ को यात्रालाई मजबुत बनाउने नेपालको लक्ष्य हुनेछ । हेड टु हेडका आधारमा हेर्दा नेपाल र नेदरल्यान्ड्सबीच टी-२० अन्तर्राष्ट्रयमा १२ खेल भएका छन् । जसमा नेपालले ५ र नेदरल्यान्ड्सले ६ खेलमा जित निकालेका छन् भने १ खेल नतिजाविहीन भएको छ ।