काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीबाट चुनाव जितेका छन् । भारतीय राष्ट्रिय कंग्रेसका प्रतिस्पर्धी अजय रायलाई हराएर उनले चुनाव जितेका हुन् ।
भारतीय निर्वाचन आयोगका अनुसार उनले १ लाख ५२ हजार भन्दा बढी भोटले रायलाई हराएका हुन् ।
पछिल्लो मतगणनाको तथ्यांकअनुसार भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४० भन्दा बढी सिट जित्ने आंकलन गरिएको छ ।
भाजपाले अहिलेसम्म २९ सिट जितिसकेको छ भने २ सय १२ सिटमा अगाडि रहेको छ । दोस्रो स्थानमा रहेको कंग्रेसले अहिलेसम्म ७ सिट जितिसकेको छ भने ९२ सिटमा अगाडि रहेको छ ।