काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आईसीसी टी–२० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गरेका छन्।
सोमबार ललितपुरमा सिजि फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले नेपाल १० वर्षको अन्तरालपछि टी–२० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताए। अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने उनले बताए।
नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताउँदै उनले नेपाली क्रिकेट धेरै संघर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गरे।
नेपाल विश्वका नम्बर वान देशहरुसँग खेलिरहेकाले एउटा खेलबाट मूल्यांकन नगर्न आग्रह समेत उनले गरेका छन्।