काठमाडौं । लमजुङ बेसीशहरमा ‘प्रथम भेट्रान लमजुङ कप २०८१’ फुटबल प्रतियोगिता हुने भएको छ । लमजुङ फुटसलले सोमबार बेसीशहरमा पत्रकार सम्मेलन गरी भेट्रान कप २०८१ बारे जानकारी गराएको हो ।
प्रतियोगिता बेसीशहरस्थित सहजी खेल मैदानमा असार १ गते देखि ७ गतेसम्म आयोजना गर्न लागिएको आयोजक लमजुङ फुटसल सञ्चालक इन्द्र रानाले बताए। सेभेन ए साइड फुटबल प्रतियोगीतामा ३० बर्ष माथिका २ खेलाडी सहित ३५ बर्ष माथिका खेलाडीहरु सहभागी हुन पाउनेछन् ।
प्रतियोगीताको प्रथम पुरस्कार नगद ५० हजार र द्धितिय पुरस्कार नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २ हजार ५ सय र मायाको चिनो प्रदान गरिनेछ । प्रतियोगीताका हरेक खेलमा मेन अफ दि म्याच घोषणा गरिनेछ ।