काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपाल मात्र १ रनले दक्षिण अफ्रिकासँग पराजितपछि कप्तान रोहित पौडेलले नेपाली टोलीको खेलबाट आफू सन्तुष्ट रहेको बताएका छन्।
खेलपछि उनले भने, ‘नेपाली टोलीको खेलबाट गर्व लागिरहेको छ। बलिङ र ब्याटिङमा नेपालले राम्रो ग¥यो। अगामी दिनमा यसको अनुभवले सहयोग पुग्नेछ।’
नेपाली समर्थकको उपस्थितिको प्रशंसा गर्दै कप्तान पौडेलले जहाँ भए पनि घरेलु मैदानकै आभास हुने अनुभूति सुनाए।
उनले भने, ‘टाढाबाट आएर वर्षा पनि नभनी नेपाली टोलीको हौसला बढाउनुहुन्छ, त्यसका लागि नेपालका समर्थकलाई धेरै–धेरै धन्यवाद!’