एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन्। प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ।
अधिकारीले पीडित महिला र उनका तीन छोरीको पहिचान गरिएको बताए। भग्नावशेषबाट तीन वर्षीय बालकको शव पनि निकालिएको छ। असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ।
सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना मानिस बाढीले प्रभावित भएका छन्। बाढीले प्रभावित जिल्लाहरूको एक हजार ३७८।६४ हेक्टर बाली उत्पादन क्षेत्रलाई पनि असर पारेको छ। “हाल ४७० गाउँ पानीमा डुबेका एएसडिएमएले जनाएको छ।