काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० विश्वकपमा नेपालले गरेको प्रदर्शन स्वाभाविक रहेको बताएका छन् ।
प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएपछि बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले ठूला प्रतियोगितामा भन्नेबित्तिकै नतिजा नआउने भएकाले त्यसका लागि अझै कुर्नुपर्ने बताए ।
कप्तान पौडेलले अफगानिस्तानको उदाहरण दिँदै उसलाई पनि ठूला टोलीलाई जित्न दशौँ वर्ष लागेको सम्झाए । आगामी दिनमा नेपालले पनि राम्रो गर्ने विश्वास व्यक्त गर्दै कप्तान पौडेलले त्यसका लागि धैर्यता भने आवश्यक रहेको बताए ।