एजेन्सी । युक्रेनी विद्युत गृहमा बुधबार राति रुसी आक्रमण भएको प्लान्टका प्रविधिक प्रमुखले बिहीबार बताएका छन् ।
पछिल्लो समयमा उर्जा केन्द्र लक्षित रुसी आक्रमणहरूले युक्रेनी बिजुली उत्पादनलाई कमजोर बनाएको छ । साथै भारतबाट आपूर्ति आयात गर्न बाध्य पारेको युक्रेनी पक्षले जनाएकाे छ ।
आक्रमणबाट डिटेक विद्युत् गृहमा क्षति पुगेको छ । आक्रमणबाट तीन कर्मचारी घाइते भएको उल्लेख गरिएको छ ।
विगत तीन महिनामा युक्रेनी पावर प्लान्टहरूमा भएको यो सातौँ ‘ठूलो’ आक्रमण हो । युक्रेनको राष्ट्रिय ग्रिड अपरेटर युक्रेनेर्गोले बिहीबार नागरिक ऊर्जा पूर्वाधारका वस्तुहरूमा ठूलो आक्रमण भएको पुष्टि गरेको छ ।