एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यको योजना बनाइरहेको बताएका छन् ।
शुक्रबार कियभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले सो कुराको जानकारी दिएका हुन् ।
‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार कियभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘यो कूटनीतिक मार्गका लागि हामीले काम गरिरहेका छौं ।’
राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रसियाबीच हाल कुनै वार्ता भएको पाइएको छैन ।