एजेन्सी । जापानले एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिण–पश्चिमी जापानी टापुमा रहेको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट सोमबार प्रक्षेपण गरिएको थियो ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अध्यक्ष हिरोसी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहत् कदम’ भएको बताए ।
‘मलाई विश्वास छ, लगातार भएका दुई सफल उडानहरूले देशभित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ,’ जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रूपमा सफल भएको बताए ।