एजेन्सी । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने व्यक्तिको पहिचान सार्वजनिक गरेको छ। एफबीआईका अनुसार ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्ति २० वर्षीय थोमस म्याथ्यु क्रुक्स हुन्। एफबीआईले उनको पहिचान पुष्टि गर्न डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने बताएको छ।
एफबीआईका अनुसार क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा थिए। ‘अनुसन्धान अझै जारी छ, अनुसन्धानमा सहयोग गर्न सक्ने जानकारी भएका जो कोहीले फोटो वा भिडिओ अनलाइन पेस गर्न सक्छन्’, एफबीआईको विज्ञप्तिमा भनिएको छ।