काठमाडौं । बंगलादेशमा आन्दोलन चर्किएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको छ।
बंगलादेशमा विद्यार्थीले गरेको कोटा विरोधी प्रदर्शनका कारण शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द गरेको छ।
यही सन्दर्भमा ढाकास्थित नेपाली दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययनरत सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो।
दूतावासले अर्को सूचना जारी नभएसम्मका विद्यालयहरू बन्द हुने विज्ञप्तिमा जनाएको छ। ढाकास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको छ।