काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडी २० लाख रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । एनपिएल आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार गोलाप्रथाका आधारमा टोलीको मार्की खेलाडीको छनोट गरी उनीहरूले पाउने रकम समेत उल्लेख गरेको हो ।
गोलाप्रथामा काठमाडौंको मार्की खेलाडीमा करण केसी, पोखराको कुशल भुर्तेल, विराटनगरको सन्दीप लामिछाने, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहितकुमार पौडेल, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् ।
एनपिएल आगामी मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुनेछ । जसमा आठ वटा फ्रेन्चाइज टोलीबिच प्रतिस्पर्धा हुनेछ ।