काठमाडौं । सभामुख पदमा सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सुवास नेम्बाङ प्रस्तावक र रवी लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे समर्थकमा घिमिरेद्वारा प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताको समय १ बजेदेखि ४ बजेसम्म तोकिएको छ । यता नेपाली कांग्रेसले भने बिहान पदाधिकारी बैठक बसेर सहयोगी दलहरूसँग छलफल गरेर प्रतिनिधिसभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।