काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७५ औँ स्थानमा रहेको छ ।
यसअघि नेपाल १७६ औँ स्थानमा थियो । यसै महिना भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्थानलाई २–० गोलअन्तरले हराएको थियो । यहीँबाट नेपालको वरीयता सुधार भएको हो । नेपालसँग पराजित भएको अफगानिस्तान भने चार स्थान खस्किएर १५५ औँ स्थानमा पुगेको छ ।
यस्तै भारत पनि दुई स्थान खस्किएको छ । उसको वरीयता १२७ हो । यसका बीच भारत दक्षिण एसियाली क्षेत्रमा शीर्ष स्थानमै छ ।
यसैगरी एक स्थान खस्किएको माल्दिभ्स १६२ औँ स्थानमा छ । वरीयताको १८२ औँ स्थानमा रहेको भुटान, १८५ मा रहेको बंगलादेश र १९८ मा रहेको पाकिस्तानको भने यथास्थितिमा छन् ।