दुर्गा निधि कौडाल
हाम्रो हेडलाइन संवाददाता
कम्बोडिया । कम्बोडियामा थाइल्याण्ड बैंककस्थित नेपाली राजदूतावासका महामहिम राजदूत गणेश प्रसाद ढकालको कम्बोडिया भ्रमणको सिलसिलामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कम्बोडियाको राजधानी फोनोम पेनमा तीनबाट इण्डियन एण्ड नेपाली कुजिनका संचालक गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ घरभैंँ हाल कम्बोडियामा विगत ८ वर्षदेखि बस्दै आएका प्रदिप र विष्णुले राजदूत ढकालको कम्बोडिया भ्रमणको सिलसिलामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरेका हुन् ।
कम्बोडियाको पोइपेटस्थित एक होटेलमा आगलागी हुँदा उद्धार हुन नसकी ज्यान गुमाउन पुगेका निराकर पाण्डेको शव नेपाल फर्काउन कागजी प्रक्रियाको लागि राजदूत कम्बोडिया आएका थिए । सो कार्यक्रममा सम्पूर्ण उपस्थितले पाण्डेप्रति श्रद्धाञ्जली ज्ञापन गरेका थिए ।
सोहि घटनालाई मध्यनजर गरी कम्बोडियामा रहेका नेपाली सबैमा एक आपसमा परिचय, मित्रता र समयानुकुल आवश्यक सूचना तथा जानकारीहरु आदान–प्रदान गर्न सजिलो होस् भन्ने उदेश्यले भेटघाट कार्यक्रम आयोजना गरिएको संचालक प्रदिपले बताए ।
विशेषगरी कम्बोडियामा बसोबास रहेका नेपाली बीचको आपसी सम्बन्ध प्रगाढ बनाउने उदेश्यले राखिएको भेटघाट कार्यक्रममा कम्बोडियामा रहेर विभिन्न संघसंस्थामा आबद्ध रहेका साथै होटल व्यवसाय गरेर बसेका नेपालीहरुको उपस्थिति रहेको थियो ।
सोहि भेटघाट कार्यक्रममा उपस्थितले आ–आफ्नो परिचय दिएका थिए । उपस्थित केहिले यहाँ भएका विविध समस्याको बारेमा चर्चा परिचर्चा गरेका थिए ।
पछिल्लो समयमा कम्बोडियामा बढ्दै गइरहेको नेपालीले नेपालीलाई ठग्ने साथै मानव तस्करी, दलालीकरण प्रवृत्तिको रोकथाम गर्न अनुरोध गर्दै यहाँ १/२ दशक बसेका विभिन्न संघसंस्थामा आवद्ध रहेका पदाधिकारीहरुले के हेरेका छन् ?, किन मौन छन् ? भनि विगत १५ वर्ष देखि कम्बोडिया बस्दै आएकी समाजसेवी एवं व्यवसायी तनहुँ घर भएकी रजनी थापा मगरले प्रश्न उठाएकी थिइन् ।
त्यसैगरी अर्का होटल व्यवसायी प्रदिप अधिकारीले भने, ‘म होटल व्यवसायी रहेको हुँदा जो कोहिसँग पनि ठोक्किन पर्छ । ठग्ने र ठगिने दुबैसँग भेट हुने हुँदा यहाँको अवस्था दर्दानक रहेको छ । यो र यस्ता नेपाली ठगिने प्रथा कहिले अन्त्य हुने र जिम्मेवार व्यक्तिको को रहने भन्ने प्रश्न उठाएक थिए । साथै नेपालबाट राम्रो जागिर लगाइदिन्छु भन्दै एयरपोर्टबाट दलाले सेटिङ गरेर ल्याउँदा अरु राम्रो प्रयोजनले घुम्न आउनेलाई समेत गाह्रो हुने र दलालबाट आउनेलाई सजिलो हुने हुँदा यो कुरामा सम्बन्धित निकाएको ध्यानाकर्षण भएको जनाए ।
सबैको कुरा सुनिसकेपछि राजदूत ढकालले भने ‘हामी सबै एक अर्कोप्रति कथ–कदाचित संकट आइपरेको बेला जानकारी होस् र गुनासो सम्बधितबाट नै रिपोट भैँ आए हामिले तुरुन्त कारबाही गर्न र समस्याको समाधानमा कुनै कुराको कसुर नराखी समस्याको समाधान गर्नेछु। ’
एनआरएनए कम्बोडियाका अध्यक्ष लाल सिंह खड्का नेपाल भ्रमणमा रहेका हुँदा औपचारिक कार्यक्रम नभएता पनि उनीसँगको फोनवार्ता पश्चात यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।