काठमाडौं । कप्तान रोहितकुमार पौडेलले अनराउन्ड प्रदर्शन गरेपछि जारी नेपाल प्रियिमर लिगमा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ। रोहितले अर्धशतक र ४ विकेट लिएपछि पहिलो जित निकाल्नेक्रममा लुम्बिनीले चितवन राइनोजमाथि ३३ रनको जित निकाल्यो।
लुम्बिनीले यसअघि लगातार चौथो हार व्यहोरोको थियो। ऊ विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। यो जितसँगै उनको प्लेअफ पुग्ने गणीतीय सम्भावना बाँकी नै छ।
यता, चितवनको भने यो पाँचौं खेलमा दोस्रो हार हो। यसअघि ऊ कर्णाली याक्ससँग पराजित भएको थियो।
पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चिवतनले ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो। उसका लागि लुक बेनकेन्स्टाइनले सर्वाधिक ३१ रन बनाउँदा नर सार्कीले २२, कुशल मल्लले २० र रिजन ढकालले १५ रन बनाए।
चितवनलाई सस्तैमा रोक्ने क्रममा लुम्बिनीका रोहित पौडेलले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। यस्तै, रामोन सिमोन्ड्सले २ र साद विन जाफर र अविशेष गौतमले समान १ विकेट लिए।
त्यअसघि पहिला ब्याटिङ गरेको लुम्बिनीले रोहितको अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा १६७ रन बनायो। उसका लागि रोहितले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। जारी प्रतियोगिताका ५ खेलमा रोहितले २ अर्धशक मद्दतमा सर्वाधिक २६१ बनाएका छन्।
यस्तै, साद विन जाफरले पनि अर्धशतक बनाए। उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५२ रन बनाए। रोहति र सादले चौथो विकेटका लागि ११२ रनको उत्कृष्ट साझेदारी गरे। यस्तै, अर्जुन साउदले १५ र टम मोरेसले १० रन बनाए।
बलिङमा चितवनका रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले समान १ विकेट लिए।
प्रतियोगितामा लुम्बिनी पहिलो जितको खोजीमा छ भने चितवन चौथो जितको खोजीमा छ।