एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट हुँदा तालिबानी मन्त्रीको मृत्यु भएको छ । विस्फोटमा तालिबानका प्रवासनमन्त्री रहेका आन्तरिक मामिलामन्त्री सिराजुद्दीन हक्कानीका काका खलीलुर रहमान हक्कानीको मृत्यु भएको हो ।
अफगानिस्तानको टोलो न्युजले हक्कानी मारिएको पुष्टि गरेको छ । टोलो समाचार एजेन्सीका अनुसार तालिबानी सरकारका शरणार्थी तथा आप्रवासन मन्त्री हक्कानीको मन्त्रालयभित्रै भएको विस्फोटमा मृत्यु भएको हो । यो विस्फोटमा मन्त्री हक्कानीका केही समर्थकसमेत मारिएका छन् ।