काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ।
जितका लागि चितवन राइनोजबाट एक सय ८१ रनको लक्ष्य पाएको जनकपुरले लक्ष्य पछ्याउने क्रममा १८ औं ओभरमा सबै विकेट गुमाएर अलआउट हुन पुग्यो। उसले जम्मा १४८ रन बनाउन सक्यो र ३२ रनले हार्न पुग्यो। यो जनकपुरको दोस्रो हार हो।