काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ ।
शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उपसभामुखमा रानामगरलाई उठाउने निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रूपमा पार्टीकी सांसद सोबिता गौतम प्रस्ताववक रहेकी छन् ।
झापाकी मगर समानुपातिक सांसद हुन् । उपसभामुखमा यसअघि सांसद सोबिता गौतमको चर्चा भए पनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनिएको र कानुनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताइन् ।
त्यस्तै सांसद इन्दिरा रानामगरले भने आफूले कानुनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताइन् ।