काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। संसद् सचिवालयको कार्यतालिका अनुसार दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ।
शनिवारको प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम उपसभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
उपसभामुखमा सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना उम्मेदवार छिन् भने नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार बनेकी छन् ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।