धरान । धरान उपमहानगरपालिकाको वडा नम्बर ५ देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काइएको छ।
धरान–५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा मुना चौधरी लिम्बुले सार्वजनिक जग्गा अतिक्रमण गरेर एक तले पक्की घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान त्यहाँ बनेका संरचना भत्काएको हो।
नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा उपमहानगरपालिकाको टोलीले अवैध संरचना भत्काएको हो।
उपमहानगरपालिकाले पटक पटक सूचना टाँस गरे पनि अटेर गरेपछि संरचना भत्काउनु परेको नगर प्रमुख हर्कराज राईले जानकारी दिए । घर भत्काउने क्रममा केहीबेर स्थानीय र प्रहरीको झडप भएको थियो।