एजेन्सी । युद्धविरामसँगै हमास र इजरायलले एकअर्काका बन्धक नागरिकलाई रिहा गरेका छन्। अहिलेसम्म हमासले गाजामा ३ बन्धक रिहा गरेको छ भने इजरायलले ९० प्यालेस्टिनी कैदीलाई मुक्त गरेको छ।
हमासले रिहा गरिएका ९० जनामा ६९ महिला र २१ बालबालिका रहेको बताएको छ। सम्झौताको पहिलो चरणमा इजरायलले १,९०० प्यालेस्टिनी कैदी रिहा गर्नुपर्नेछ। बदलामा हमासले ३३ इजरायली बन्धक छाड्नुपर्ने छ। यसैबीच पारिवारिक पुनर्मिलनका केही भावुक तस्बिर सार्वजनिक भएका छन्।
हेर्नुहोस्