काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको सूचनामा ध्यानाकर्षण भएको जनाएको हो।
परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षति हुने भएकाले संवेदनशील बन्न आग्रह समेत गरेको छ । पेट्रोल पम्पबाट गाडीमा सिधै भर्नेबाहेक खुला रुपमा बिक्री वितरण नगर्न र नगराउन पनि पम्प सञ्चालकलाई प्रहरीको अनुरोध छ।
बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ । हिजो मात्रै सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज ज्यान गएको छ।
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन…
काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका…
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ।…
काठमाडौं । पछिल्लो समय काठमाडौंमा रेस्टुरेन्टमा बसेर मिठा–मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या…
Monday, December 23
ताजा :
- आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन मन्त्रीलाई सुझाव
- विद्युत् प्रसारण र वितरण प्रणाली सुधार, विस्तारका लागि ७२ अर्ब ९३ करोडको लगानी जुट्यो
- रोशी १ का वडाध्यक्ष लामाको निधन, पालिकामा शोक बिदा
- ‘पिङ्क पुतली’रेस्टुरेन्टको ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुबाट हुने, बुकिङ्ग खुला
- ५ देशका नवनियुक्त राजदूतहरूले लिए शपथ
- मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
- यी हुन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय
- डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त
- रवि लामिछानेको सांसद पद स्वत: निलम्बन
- महासंघमा निर्वाचित पदाधिकारीलाई मञ्चकाे सम्मान
प्रहरीले भन्यो, ‘बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच’
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित