काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत बुधबार नेपाल अस्ट्रेलियासँग भिड्दै छ। पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।
तेस्रो खेलमा अस्ट्रेलियासँग नेपालको भिडन्त नेपाली समयानुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ। माघ ५ गते पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेट तथा ७ गते भएको दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले हारेको थियो। आजको खेल पनि हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ।