काठमाडौं । भारतको महाराष्ट्रमा रेल दुर्घटनामा परेर ३ जना नेपालीसहित १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। तीन नेपालीसहित ७ जना मृतकको सनाखत भइसकेको जनाइएको छ। अन्यको भने सनाखत हुन बाँकी रहेको जनाइएको छ।
उक्त दुर्घटनामा नेपालका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी, ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको जनाइएको छ। उनीहरु नेपालका कुन ठाउँका हुन् भन्ने जानकारी आएको छैन।
लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलमा आगो लागेको सूचना हल्ला फैलिएपछि जलगाव जिल्लामा भागदौड मच्चिएको र अर्को लिकमा आइरहेको रेलले किचेर उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।