काठमाडौं । होटेल तथा रेस्टुरेन्टले ग्राहकसँग बिक्री गर्ने खाना तथा खाजाको मूल्यमा १० प्रतिशत सेवा शुल्क उठाउन नपाउने भएका छन्।
सर्वोच्च अदालतले होटेल र रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेको हो। सेवा शुल्क खारेजीको माग गर्दै २०७५ जेठ २३ गते प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले यस्तो फैसला सुनाएको हो।
होटेल तथा रेस्टुरेन्टहरुले श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम निमावली २०७५ को नियम ८२ को प्रावधानका आधारमा ग्राहकबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए। तर, सर्वोच्चले संविधानको धारा ४४ र धारा ११५ (१) को भावना र मर्मअनुकूल नदेखिएको भन्दै श्रम ऐन र नियमावलीको ती व्यवस्था माघ ११ गतेदेखि लागू हुने गरी अमान्य र बदर घोषित गरिदिएको हो।
विधायिकाद्वारा निर्मित ऐनले प्रस्ट र किटानी रुपमा शुल्कको निश्चित दर तोकी असुल गर्ने गरी अख्तियारी दिएको अवस्थामा बाहेक रोजगारदाताले सामूहिक सम्झौताका आधारमा शुल्क असुल गर्न नपाउने भएकाले यसरी सामूहिक सम्झौताबमोजिम शुल्क रकम लिने कार्य गर्न नदिनु, नदिलाउनू, त्यस प्रकारको कार्य तत्काल रोक्नु भनी प्रत्यर्थीहरुका नाममा प्रतिषेध मिश्रित परमादेशसमेत जारी हुने ठहर्ने फैसलामा भनिएको छ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार…
काठमाडौं । भोटेकोशी नदीमा हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौं उपत्यकामा एलपी…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। भदौ…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Thursday, September 10
ताजा :
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- विपत्तिलाई सत्ता–प्रतिपक्षको चस्माले हेर्नु हुँदैन : रवि लामिछाने
- जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन
- सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल
- भोटेकोशी बाढीपछि खोज तथा उद्धार जारी, हवाईमार्फत ४ हजार ८१ जनाको उद्धार
- बिजनेस एण्ड प्रोफेसनल वुमेन सुनाकोठीमा नयाँ नेतृत्व, अध्यक्षमा ज्योति केसी
- जेन्जी आन्दोलनको अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ
- १३ हजारभन्दा बढीको उद्धार, ५ हजार ३२६ अझै बेपत्ता
- स्पाइनल कर्ड इन्जरी खेलकुद संघको साधारणसभा सम्पन्न, भोटेकोशी बाढीपीडितलाई १५ हजार सहयोग
- राष्ट्रपति पौडेलद्वारा जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान
अब होटेल तथा रेस्टुरेन्टले ग्राहकसँग १० प्रतिशत सेवा शुल्क लिन नपाउने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

