एजेन्सी । अमेरिकी कम्पनी जेटप्याक एभिएसनद्वारा निर्मित ’स्पीडर’ नामक उड्ने मोटरसाइकलको बुकिङ खुला भएको छ । झण्डै ९ करोड रुपैयाँ शुरूवाती मूल्य राखिएको यस्तो मोटरसाइकल लगभग ९६ किमि प्रतिघण्टाको गतिमा ३० मिनेटसम्म उड्न सक्ने र २७२ किलोसम्म बोक्नसक्ने क्षमताका हुनेछन् ।
रिमोटबाट पनि चलाउन सकिने यी मोटरसाइकलहरूमा अहिले ४ वटा टर्बाइन छन् । अन्तिम उत्पादन बजारमा आउँदा टर्बाइनको संख्या ८ हुने बताइएको छ । लगभग ड्रोनजस्तै प्रविधिका हुने यी साधनको गएको सेप्टेम्बरमा अमेरिकामा आयोजित डेट्रोइट अटो शोमा पहिलोपटक जापानी उत्पादकले प्रदर्शन उडान गरेका थिए ।