काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिकाबीच माओवादी केन्द्रको शुक्रवार बसेको पार्टी स्थायी कमिटीले बैठकले त्यस्तो निर्णय गरेको हो ।
एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि त्यसै अनुसार अघि बढ्ने नीति लिएको उनको भनाइ थियो ।