काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीको फरवार्ड साबित्रा भण्डारी काठमाडौं आइपुगेकी छन्। प्रतियोगितामा सहभागी हुन उनी केही बेरअघि काठमाडौं आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
प्रतियोगिता आजबाट दशरथ रंगशालामा सुरु हुँदैछ। आजको पहिलो खेल दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुँदैछ भने दोस्रो खेल साँझ छ बजे नेपाल र कीर्गिस्तान भिड्नेछन्।