काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।
आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिने प्रक्रिया थालेका हुन् ।
शुक्रबारमात्रै सर्वोच्च अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेको थियो । सो फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।सर्वोच्चको फैसलापछि लामिछानेले आइतबारै नागरिकता पुन:प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।
लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुन: पाउनेछन्।जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार लामिछानेले आइतबारै नागरिकता पाउनेछन् ।