काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् ।एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
मुख्य प्रशिक्षकसँग सोमबार अन्तरक्रिया कार्यक्रम राखिएको एन्फाले जानकारी दिएको छ । एसियन कप छनोट सुरु हुनु खेल झन्डै ३ साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको छ।एन्फाले रसलाई औपचारिक रुपमा आज नियुक्त गरेपनि उनी महिना दिनभन्दा लामो समयदेखि नेपालमै थिए ।