काठमाडौं । पोखराको लेकसाइडमा मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपुजन गरेपछि विवाद भएको छ । विवादकै क्रममा दुई पक्षबीच झडप पनि भएको छ । पोखरा महानगर पालिकाको अनुमतिबिना भूमि पुजन गर्न नदिने पक्ष र पुजन गर्ने पक्षबीच भएको विवाद झडपमा परिणत भएको हो ।
महानगरले भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ ।
पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् । ‘भूमिपुजनको अनुमति महानगरले दिएको छैन । अनुमति विना कार्यक्रम हुन सम्भव छैन,’ मेयर धनराज आचार्यले भने ।