काठमाडौं । चितवन क्षेत्र नं. २ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना बुधबार प्रतिनिधिसभालाई दिइएको छ ।
सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद रिक्त भएको सूचना प्रतिनिधिसभालाई जानकारी गराएका हुन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासबाट शुक्रबार आएको उत्प्रेषणको आदेशले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायत निर्णय बदर भएको जानकारी घिमिरेले सुनाएका हुन्।
सर्वोच्चले रविको नागरिकता मुद्दासम्बन्धी निर्णयको जानकारी तीन दिनअघि नै प्रतिनिधिसभालाई दिएको थियो।