काठमाडौं । बागलुङमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार दिउँसो पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएको बागलुङका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले जानकारी दिए।
घरमा कोही नभएको अवस्थामा उनले आगो लगाएको ज्ञवालीले बताए। जिसीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। बागलुङकै धौलागिरी अस्पताल लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि पोखरा पठाइएको छ।