काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र विजयी भएका छन् । काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्र भारी मतान्तरका साथ विजयी भएका हुन् । मिश्रले ५०५२ मत प्राप्त गर्दा माओवादी केन्द्र सहित प्रतिपक्षी दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत प्राप्त गरे ।
बारको महासचिवमा पनि मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला चयन भएका छन् । उनले ४८४७ मत प्राप्त गर्दा प्रतपक्षी गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २६२७ मत प्राप्त गरे । अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।
कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।