एजेन्सी । अमेरिकाको न्युयोर्कमा बिहीबार हडसन नदीमा हेलिकप्टर खस्दा मृत्यु भएको परिवारको परिचय खुलेको छ।
सञ्चारमाध्यमका अनुसार दुर्घटनामा इन्जिनियरिङ कम्पनी सिमेन्सका सीईओ अगस्टिन एस्कोबार, उनकी श्रीमती मर्से क्याम्परुबी र उनीहरूका तीन छोराछोरीको मृत्यु भएको हो। बालबालिका ४, ५ र ११ वर्षका थिए। यो परिवार स्पेनको थियो।
उनीहरूसँगै हेलिकप्टरका ३६ वर्षीय पाइलटको पनि मृत्यु भएको थियो। तर पाइलटको नाम खुलाइएको छैन।
न्युयोर्क सिटी फायर डिपार्टमेन्टका अनुसार बेल २०६ हेलिकप्टर दुर्घटना हुनुअघि दुई टुक्रा भएको थियो। आकस्मिक टोलीले सबै जनालाई नदीबाट निकालेको थियो।