काठमाडौं । एन्फा पूर्वअध्यक्ष गणेश थापालाई फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको छ। २०१५ अप्रिल १६ मा उनलाई फिफाले प्रतिबन्ध लगाएको थियो।
जुन २०२५ अप्रिल १५ मा सकिएको उनले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनले १० वर्ष प्रतिबन्धमा रहँदा निकै चुनौतीहरू आएको उल्लेख गरे । विज्ञप्तिमा थापाले लेखेका छन्,‘यो यात्रा चुनौतीपूर्ण थियो। तर यस अवधिमा मेरो परिवार, साथीहरू, शुभचिन्तकहरू र समस्त फुटबल प्रेमीहरूको सहयोग र अटल समर्थनको लागि धन्यवाद ।’ उनले विज्ञप्तिमा नेपाली फुटबलमा साथ र सहयोग सदैव रहने उल्लेख गरेका छन् ।