काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायव महानिरीक्षक(डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा बढुवा सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा हुनेमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दान बहादुर कार्की, राजन अधिकारी र डा.मनोजकुमार केसी रहेका छन् ।