एजेन्सी । दक्षिणी गाजापट्टीको नयाँ विभाजन रेखा ‘मोराग करिडोर’ नजिकै इजरायली सेनाद्वारा सैन्य बफर क्षेत्र विस्तारले धेरै प्यालेस्टिनीहरूलाई विस्थापित गराउन थालेको छ । विस्थापितका कारण मानवीय संकट थप गहिरिने संकेत देखिएको छ ।
१८ मार्चमा गाजामा व्यापक सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली रक्षा बलले रफाह र खान युनिसलाई विभाजन गर्ने ‘मोराग करिडोर’ स्थापना गरेको थियो । बुधबार इजरायली सेनाले करिडोर विस्तार गरिरहेको र इजरायली सैन्य नियन्त्रणमा रहेको एन्क्लेभको लगभग एकतिहाइलाई सुरक्षा क्षेत्रमा परिणत गरेको थियो ।
करिडोरको छेउमा धेरै प्यालेस्टिनीहरू गधा, गाडा, साइकल र ट्रकहरूको सहायतामा आफ्ना सामानहरू बोकेर भागिरहेको समाचार एजेन्सीले जनाएका छन् ।