काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको ५९ वर्षको उमेरमा निधन भएको छ ।
प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराएका घले केही समयदेखि नेपालमै उपचाररत थिए ।
मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको हो ।
मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी ०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।