काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)माथि नेपालले जित निकालेको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो।
युएईले दिएको ११५ रनको विजय लक्ष्य पच्छाएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पहिलो पटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुगेको हो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रनको अविजित पारी खेलिन्।
उनले २८ बलमा २ चौका प्रहार गरिन्। ओपनर सम्झना खड्काले २१ रन, पूजा महतोले १३ र रुबिना क्षेत्रीले २३ रन बनाइन्। रुबी पोडार ६ रनमा अविजित रहिन्। यूएईका लागि मिचेल बोता, सुरक्षा कोते, वैष्णबी महेश र कप्तान इशा ओझाले १–१ विकेट लिए।