काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ। थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।
एसिया क्षेत्र छनोटबाट नेपाल र थाइल्यान्डले यसअघि नै ग्लोबल छनोटमा स्थान बनाइसकेका छन्।