एजेन्सी । वासिङ्टन डीसी शहरस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ । बीबीसीका अनुसार हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन् । उनिहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको थियो ।
गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो । रिपोर्टका अनुसार घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए । संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले सो घटनालाई “यहूदी विरोधी आतंकवादको घृणित कार्य” भनेर वर्णन गरेका छन् ।