एजेन्सी । इजरायलले इरानमाथि भीषण हमला गरेको छ । इरानको राजधानी तेहरानसहितका शहरहरुमा भयानक बिस्फोटहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इजरायलले अमेरिकी समर्थनमा इरानको आणविक हतियार केन्द्रमा हमला गरेको हो । यद्यपि यसले मध्यपूर्वमा उत्पन्न विवाद अन्त्य नभई भयानक युद्धतर्फ धकेलिन सक्नेछ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अहिले इजरायलले इरानलाई रोक्न नसके दोस्रो पुस्ताको विनाश हुने भन्दै इजरायलमाथि सैन्य आक्रमण जारी रहने उद्घोष गरेका छन् । इजरायली प्रधानमन्त्रीको यस्तो घोषणाले इरानसँग दीर्घकालीन युद्ध चर्कने स्पष्ट संकेत गरेको छ । मध्यपूर्वमा दीर्घकालीन युद्ध चर्किन गएको अवस्थामा नेपाल समेत अप्रत्यक्ष मारमा पर्नेछ । मध्यपूर्वका कुवेत, कतार, दुबई, साउदी अरेबिया, ओमानसहितका देशहरुमा लाखौं नेपाली युवाहरु कार्यरत रहेका छन् ।
इजरायलमाथि सैन्य हमला गरेको इजरालले आफूमाथि पनि हमला हुन सक्ने भन्दै संकटकाल घोषणा गरिएको छ भने मध्यरातमा साईरन बनाएर जनतालाई सचेत बनाइएको छ ।
इरानले तत्कालै कडा जवाफ दिने विश्वास गरिएको छ । मध्यपूर्व भीषण युद्धतर्फ धकेलिएपछि विश्वभर नयाँ तरंग उत्पन्न भएको छ । इजरायल र इरानबीचको युद्धमा अमेरिकालाई थप आर्थिक भार पर्ने निश्चित छ । हाल युक्रेनमा अर्बौ डलर खर्च गरिरहेको अमेरिकालाई अब इजरायललाई समेत थप सहयोग दिनुपर्ने अवस्थाले विश्व आर्थिक संकट थप चुलिने अनुमान गरिएको छ ।