काठमाडौं । सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ स्थिर रहेको छ । यससँगै चाँदी २ हजार १६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा चाँदी २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।