एजेन्सी । चीनले आफ्ना नागरिकहरूलाई इजरायल छाड्न भनेको छ । इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन भनेको छ ।
चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न भनेको छ । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार जोर्डन र इजिप्टसँग जोडिएको इजरायली सिमाना खुल्ला छ । त्यसैले चिनियाँ दूतावासले जोर्डनको बाटो प्रयोग गरेर फर्किन आफ्ना नागरिकलाई भनेको बीबीसीले जनाएको छ ।